चकलेटको मार्मिक प्रोमो सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
सडक बालबालिकाको कथा बोकेको चलचित्र “चकलेट”को प्रोमो सार्बजनिक गरिएको छ । सार्बजनिक प्रोमोमा सडक बालबालिकाहरुको बाध्यत्मक परिस्थिति जल्काइएको छ ।
Chocolate
प्रदर्शनको मिति तय भैनसकेको चलचित्रमा पूजना स्त्री, डा.आयुस्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, सुमन गैरे, केशव भट्टराई, कमल मैनाली, सुनिता ठाकुर, निरुपा गर्तौला, दीपकराज पाठक, केशवराज पौडेल र कुमार श्रेष्ठसँगै ९ बच्चाहरुले पनि अभिनय गरेका छन् । चलचित्रमा पूजना, खुसी गुरुङ, प्रितिमाया गुरुङ र केशव तामाङले लगानी रहेको छ भने चलचित्रलाई पूजनाकै होम प्रोडक्सनले निर्माण गरेको छ । हाँस्यकलाकार निर्मल शर्माको निर्देशनमा निर्माण भएको चलचित्रमा प्रसन्न पौडेल र बब्बु थापाको नृत्य; शिखर सन्तोष, अर्जुन पोखरेल र रायन कार्कीको संगीत; कुमार महर्जनको द्वन्द्व र सुदीप बरालको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.