नाईं नभन्नु ल ३ को पोस्टर सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
‘नाईं नभन्नु ल’ र त्यसको सिक्वेल ‘नाईं नभन्नु ल २’ को सफलता पछि निर्माण भएको अर्को सिक्वेल चलचित्र ‘नाईं नभन्नु ल ३’ को फस्टलुक पोस्टर सार्बजनिक भएको छ । वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको यो चलचित्र पहिलेका आफ्ना दुई चलचित्र झैँ सफल हुनेमा निर्माण पक्षले जानकारी दिएको छ ।
Nai-na-bhannu-la-3
सार्बजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई देख्न पाइन्छ । सांगीतिक प्रेमकथामा निर्माण भएको भनिएको चलचित्रमा अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईँटेल, सुरज सिंह ठकुरी, संयम पुरी, आश्मा डिसी लगाएत कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रका लेखक तथा निर्माता विकास आचार्य हुन् । ‘नाईं नभन्नु ल’ र ‘नाईं नभन्नु ल २’ लाई विकास आचार्यले नै निर्देशन गरेको भएता पनि ‘नाईं नभन्नु ल ३’ लाई मुस्कान ढकालले निर्देशन गरेका छन् । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् ।