हर्शिका बार डान्सर (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
आगामी चैत ११ देखि देशब्यापी रुपमा प्रदर्शनमा आउने लागेको चलचित्र “षडङग” को एउटा डान्सिंग नम्बर सार्बजनिक भएको छ । ‘लबी डबी’ बोलको सार्बजनिक गीतमा नायिका हर्शिका श्रेष्ठलाई फिचरिंग गरिएको छ ।
Harshika
मीना सिहंको स्वरमा सजिएको गीतमा सुरेन्द्र डि. कार्कीको शब्द तथा संगीत रहेको छ । राजनीतिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको भनिएको चलचित्रमा हर्शिका बाहेक प्रियंका कार्की, अनुप बराल, सौरमराज तुलाधर, विजय लामा, नविन मानन्धर, ए गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । लुमिनियोस पिक्चस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सुरज सुनवारको लेखन तथा निर्देशन रहेको छ भने यो चलचित्रलाई समिर सुनवारले निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.