आज पशुपतिमा लुटेरा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
पशुपतिमा आज एक नयाँ चलचित्रको सुभसाइत गरिएको छ । नायक सबिन श्रेष्ठको निर्देशनमा नायिका रेखा थापाले अभिनाय गर्ने भनिएको चलचित्रको अरु कलाकारहरु तय नभैसकेकोले गर्दा चलचित्रको छायांकन सुरु गर्न नसकिएको भनिएको चलचित्रको पुरै योजनानै परिवर्तन गरिएको छ । पछिल्लो दिनमा सबिन श्रेष्ठको सट्टा दयाराम दाहालले निर्देशन गर्ने पक्का भएको चलचित्रमा नायिका रेखाले अभिनय नगर्ने भएकी छिन् । “लुटेरा” नाम जुराइएको चलचित्रको सबै कलाकार पनि चयन भैसकेको छ । गोपाल कायस्थ निर्माता रहेको चलचित्रमा निखिल उप्रेती, सविन श्रेष्ठ, निशा अधिकारी, हषिर्का श्रेष्ठ लगाएतको अभिनय रहने भएको छ । चलचित्रको केहि दृश्य तथा एक गीतमा नायिका प्रियंका कार्कीको पनि उपस्थिति रहने निर्माता कायस्थले जनाए ।
Lutera
पूर्ण एक्सन बेसमा निर्माण गर्न लागिएको चलचित्रको आझै बाट छायाँकन सुरु भएको छ । काठमाडौँ तथा बिरगंजमा छायाँकन गर्ने चलचित्रमा वसन्त सापकोटाको संगीत, मौनता श्रेष्ठको कथा, शिव श्रेष्ठको छायांकन रहनेछ । नेकपा एमालेका सभासद् तथा चलचित्रकर्मी रामबिर मानन्धरले क्ल्याप ठोकेर चलचित्रको शुभसाइत गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.