ग्यांगस्टार कथा र प्रियंकाको हट दृश्यमा षडङ्ग


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चैत्र १३ गते लाइ आफ्नो प्रदर्शन मिति तोकेर प्रचार प्रसारमा उत्रिएको चलचित्र ‘षडङ्ग’ ले राजधानीमा पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी गराएको छ । चलचित्रका लेखक तथा निर्देशक सुरज सुनवारले चलचित्र ‘षडङ्ग’ ले ६ वटा बिषय बस्तु बोकेको कुराको जानकारी गराए । यो चलचित्रलाई वितरण कम्पनि पपकर्नले वितरण गर्ने भएको छ । चलचित्रमा नायिका प्रियंका कार्कीलाई बोल्ड अवतारमा देखाइएको छ । यस्तै, नायक सौगात मल्लले नयाँ शैलीको भाषालाई अबलम्बन गरेका छन् । चलचित्रलाई ग्याङस्टार थि्रलर बिषयमा तयार पारिएको छ ।
Shadang-poster
सुरज सुनवारको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई समिर सुनवारले निर्माण गरेका हुन् । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, अनुप बराल, सौरमराज तुलाधर, विजय लामा, नविन मानन्धर, ए गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सुरेन्द्र डी कार्कीको संगीत, अष्ट महर्जनको द्वन्द र गोविन्द राइको नृत्य निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.