प्रेम कथा तिम्रो मनको मान्छे म


(सेलिब्रेटि नेपाल) काठमाडौँ
चलचित्र ‘कामचोर’ बाट नेपाली चलचित्र निर्देशनमा डेब्यु गरेका निर्देशक दिनेश श्रेष्ठको लेखन तथा निर्देशनमा चलचित्र ‘तिम्रो मनको मान्छे म’ निर्माण हुने भएको छ । दिनेश श्रेष्ठको दोस्रो चलचित्र ‘तिम्रो मनको मान्छे म’ पुर्णतया प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको हो चलचित्रमा शिवन श्रेष्ठ, बिष्णु अर्याल, नम्रता योगी, निरु खड्का, सोनु पुमा, गोबिन्द घताने लगायतका कलाकारको अभिनय रहने छ ।
Timro-manako-manche-ma
ग्रिनहिल भिएफएक्स प्रालिको व्यानरमा निर्माण हुन लागेको यस चलचित्रको मंगलबार काठमाडौंको गणेस्थान मन्दिरमा पुजाआजा गरी शुभमुहुर्त गरियो । काठमाण्डौ र पोखरामा छायांकन गरिने बताइएको यस चलचित्रका गितहरुमा भरत सिटौलाको संगित रहेको छ । चलचित्रमा रुपक भण्डारीले लगानी गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.