दुख पर्दा पनि रमाए गजित (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा प्रस्तुत गरिएको भनिएको चलचित्र “पुनर्जन्म” ले हिजो प्रणय दिवसको दिन पारेर आफ्नो अर्को गीत सार्बजनिक गरेको छ ।
Punarjanma
‘जब दुख पर्छ..’ बोलको सार्बजनिक गीतमा केकी अधिकारी र गजित बिस्टलाई फिचरिंग गरिएको छ । बसन्त सापकोटाले संगीत भरेका गीतलाई प्रमोद खरेलले स्वर दिएका छन् भने कमल राईले नृत्य निर्देशन गरेका छन् । फागुन २२ गतेबाट अल नेपाल रिलिज हुने चलचित्र लाइ निर्देशन तथा सम्पादन सजन श्रेष्ठले गरेका हुन् । त्यसै गरि चलचित्रलाई मोहनकृष्ण श्रेष्ठ र भद्रबहादुर शाहीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल,केकी अधिकारी,गजित बिस्ट, सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठलगायतको अभिनय रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.