लभ बर्ड्स अनमोलको ठाउमा पल शाह


(सेलिब्रेटि नेपाल) काठमाडौँ
निशाना, भुल भए माफ गर, कसलाई दिउ यो जोवन, मिस यु र थ्री लभर्स निर्देशन गरि सकेका निर्देशक सुरेश दर्पण पोखरेलको निर्देशनमा ‘लभ बर्ड्स’ बन्ने भएको छ । २ बर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘थ्री लभर्स’ को असफलता पश्चात चलचित्र क्षेत्रलाइ अझ नजिकबाट बुझेको सुरेशको भनाइ छ । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र ‘लभ बर्ड्स’मा अनमोल के. सी. लाइ खेलाउने तयारीमा थिए सुरेश दर्पण अनमोलले समय नदिए पछी पल शाह लाइ लिएर चलचित्र बनाउने तयारीमा लागेका हुन् सुरेश अहिलेको युवाहरुको प्रेमलाई चित्रण गर्न खोजेको चलचित्रमा म्युजिक भिडियोका २ स्टार पल शाह र बर्षा राउतले ठुलो पर्दाको चलचित्रमा डेब्यु गर्दैछन । Love-Birds-poster-nepali-filmपरिचय नेपाल प्रा.लि. को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा कार्यकारी निर्माताको रुपमा पत्रकार शान्तिप्रिय रहेका छन् । यसै चलचित्रबाट चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय कार्यकारी निर्माताको रुपमा अगाडी आएका हुन्। पल शाह र बर्षा राउतको साथमा यस चलचित्रमा सन्जोग कोइराला र सलोन बस्नेत पनि मुख्य भूमिकामा रहने छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा कथा तथा संगीत शोभित बस्यालको रहनेछ । बैशाख ३ गतेबाट फ्लोर ज्वाइन गर्ने लक्ष्य राखिएको चलचित्रको छायांकन पोखरामा हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.