प्रदर्शनमा आयो वान वे


(सेलिब्रेटि नेपाल) काठमाडौँ
आर सी पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘वान वे’आज शुक्रबार बार देखि नेपालभरि प्रदर्शनमा आएको छ । काठमाडौँ उपत्यका भित्र २० वटा र बाहिर लगभग ५० वटा हलमा प्रदर्शनमा आएको वितरकले जानकारी दिएका छन् । युवा पुस्ताहरु कसरि ड्रग्सको कुलतमा फर्किनै नसक्ने गरि एकोहोरो भएर फसिरहेका छन् भन्ने जानकारी दिएको चलचित्रलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका छन् भने चलचित्रको कथा समेत सुरज सुब्बाकै रहेको छ ।
one-way-poster
सिदार्थ गुरुङ र माला लिम्बुको डेब्यु चलचित्र समेत रहेको वान वेमा यि दुई बाहेक रबिन तामाङ, करिश्मा मानन्धर, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप लगायतका कलाकारले अभिनय गरेका छन् ।
साथै क्विस्ट इन्टरटेनमेन्ट र डिजिटलसिनेमा नेपालको लगानीमा निर्माण भएको चलचित्र ‘सुन्तली’पनि आजै बाट प्रदर्शनमा आएको छ । चलचित्रमा नायिका प्रियंका कार्की, अर्पण थापा, कर्म, सूर्यमाला खनाल, राजकुमार पुडासैनी, प्रमोद अग्रहरी लगायतको मुख्य भूमिका रहेको छ ।