बाल नाटक महोत्सवमा राक्षस देखि शिक्षासम्मका विषय


(सेलिब्रेटि नेपाल) काठमाडौँ
शैली थिएटरको आयोजनामा माघ २६ बाट सुरु भएको छैैंठौं राष्ट्रिय बाल नाटक महोत्सवको चौथो दिन विभिन्न विद्यालयका ३ नाटकहरु मञ्चन भए ।
शैली थिएटरले नेपाली रंगमञ्चमा पर्याप्त जनशक्ति उत्पादन गर्ने अभिप्रायले ३ महिने अभिनयको कार्यशालाबाट तयार गरेको रसियन लोककथामा आधारित ‘बाबायागा’ मञ्चन गर्यो । आनियालाई (हिमा राई) उसको सौतेनि आमाले (कुसुम काफ्ले) सार्है दुखः दिन्छिन् । आनियालाई स्कुल पढ्न, राम्रो न्यायो कपडा लगाउन , मिठो खान र रमाउन दिइँदैन । तर उसको बुबाले भने (सहिन प्रजापति) आनियालाई माया गर्छन् । सौतेनि आमाको अगाडि उसको बुबा विवश भई आनियालाई सुनसान जंगलमा बाबायागा (सपना सञ्जिवनि) नामक राक्षसकोमा छाेिडदिन्छन् । आनियाले यस्तो डरलाग्दो परिस्थितिमा आफुलाई सुरक्षित गर्दै कसरी अगाडि बढ्छिन् भन्ने कुरा नाटकमा बडो रोचक ढंगले प्रस्तुत गरिएको छ ।
Chaild-drama-festival
बिहिबारकै दिन दोस्रो नाटक प्रदिप खड्गीको निर्देशनमा ‘आँखाको ज्योति’ नाटक मञ्चन भयो । विद्याविकास स्कुलको प्रस्तुति रहेको यस नाटकमा मनिष खड्का, सचिन कडेल, सुसान्त तामाङ, शिशिर परियार, सुजाता न्यौपाने लगायतको अभिनय थियो ।

महोत्सवको चौंथो दिनको तेस्रो नाटक सहारा नेसनल स्कुलको ‘बल्ल चेत खुल्यो’ लाई पदमराज सापकोटाले निर्देशन गरेका थिए । नाटकमा कपिल ढुंगाना, शैलेश सुवेदी, विकल्प पाण्डे, पुर्णिमा सावत, भुवन बस्नेत, शिरिष विसि लगायतको अभिनय थियो । नाटकको मञ्चनपछि प्रिन्सिपल एवं नाटकका निर्देशक पद्मराज सापकोटाले शैली थिएटरको यो अभियानले आफुलाई आफ्ना विद्यार्थीहरुलाई सिर्जनात्मक कार्यमा लगाउन शक्ति दिएको भन्दै आयोजक प्रति आभार व्यक्त गरे ।

महोत्सवको अन्तिम दिन फागुन ३ गते निर्णायकको निर्देशन अनुसार चेखव उत्कृष्ट निर्देशक पुरस्कार, शैली उत्कृष्ट अभिनय पुरस्कार र बालकोशेलि उत्कृष्ट नाटक पुरस्कार सहित छैठौं राष्ट्रिय बाल नाटक महोत्सवको समापन हुने जानकारि आयोजकले गराएको छ ।