नेपालको एक दिने पहुना किंग खान


(सेलिब्रेटि नेपाल) मुम्बई
बलिउड चलचित्रकर्मीहरु नेपाल आउने क्रम एक्कासी बढी रहेको छ । कोहि आफ्नो काम बिषेशले त कोहि नेपाल भ्रमण गर्नकोलागि आउछन् भने कोहि चलचित्र छायांकनको लागि । यसरि आउने क्रममा थुप्रै भारतिय हस्तीहरु छन् । यहि क्रमलाई निरन्त्रता दिदै अर्का बलिउड हस्ती पनि नेपाल आउने भएका छन् । बलिउडका किंग खानको उपनामले चिनिएका अभिनेता शाहरुख खान आगामी फाल्गुन २४ मा नेपाल आउने पक्का भएको छ ।
shahrukh-khan
कान्साई न्यारोल्याक पेन्टस् का ब्राड एम्बेसडर रहेका खान त्यसकै पहलमा नेपाल आउनलागेका हुन् । एक दिने काठमाडौँ बसाईको लागि आउने लागेका किंग खानको कार्यक्रम नेपालका तर्फ बाट प्रियंका कार्की, अकेषा विष्ट र वील्सन विक्रम राईले पनि स्टेज शेयर गर्ने छन् । आफ्नै चार्टड विमानमार्फत ११ बजे बिहान काठमाण्डौं आउने र सोही राति कार्यक्रममा सहभागी भएर भोलि पल्ट मुम्बई फर्किने किंग खानलाई उनका फ्यानहरु भने प्रतक्ष्य हेर्न नपाउने भएका छन् । टिकट ब्यवस्था गर्दा फ्यान फलोअरलाई थेग्न नसकिने भएकाले विशिष्ट बर्गका सेलिब्रेटी, पत्रकार एवं ब्यवसायीहरुका लागि मात्र शाहरुखको कार्यक्रम तय गरिएको र सुरक्षा चुनौतिका कारण सर्वसाधारणको लागि कार्यक्रम नराखिएको जानकारी आयोजकले दिएको छ।