एक्सन र थ्रिलर जनराको द वीनर


(सेलिब्रेटि नेपाल) काठमाडौँ
डाइमन स्टार फिल्मस् प्रालि को ब्यानर निर्माण हुन लागेको चलचित्र ‘द वीनर’ को छयांकन अब अस्ट्रेलियामा हुने भएको छ । संगठित अपराधले दुई देशको बिचमा पर्ने प्रभाव र त्यस्ले निम्त्याउने समस्यका बिषयलाई उठान गर्ने भनिएको चलचित्रको छायांकन केहि महिना पहिले मात्र सुरु भएको थियो । नेपाल र भारतको राजस्थानमा साठी प्रतिशत छयांकन सकिए पछि बाकी चालिस प्रतिशत छयांकनको लागि चलचित्रको टोलि अस्ट्रेलियामा उड्ने भएको छ । हिक्मत बिस्टले निर्देशन गर्ने चलचित्र स्वयं आफैमा रिच भएकाले सो अनुरुप काम गर्न अस्ट्रेलिया जानु परेको निर्देशक बताऊछन् ।
The-winner--(1)
The-winner--(2)
एक्सन र थ्रिलर जनरा एकसाथ उठाउने चलचित्रले दर्शकलाई मनोरन्जन पनि प्रधान गर्ने निर्माण यूनिटले दाबि गरेको छ । करिब एक करोड निर्माण लागत छुट्याइएको चलचित्रमा थुप्रै नयाँ कलाकारहरु रहेको निर्माता रितेश राणाले जानकारी दिए । निर्देशक बिस्टको डेब्यु चलचित्रमा महेशमन श्रेष्ठ, मन्चिन शाक्य, पूर्व मिस नेपाल मलिना जोशी, राजकुमार पन्त, रोयल शाक्य, उत्तम बिस्ट, रमेश गुरुङ, एलेक्स खड्का, अमित गिरि लगाएत कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रलाई रितेश राणा, राजेश जोशी र सुबोध ठकुरीले सम्उक्त रुपमा निर्माण गरेका छन् ।

आगामी जेष्ठमा प्रदर्शनमा ल्याउने लक्ष्य रहेको चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, पुरुषोतम प्रधानको छायांकन र अमित श्रेष्ठको संगीत पाइन्छ