एक स्टारमा हुनु पर्ने खुबी भएका अनुरुप


(सेलिब्रेटि नेपाल) काठमाडौँ
आफ्नो भबिस्य उज्वल पार्ने र करियर बनाउने उदेश्यले मोफसल देखि काठमाडौँ आउने जमात थुप्रै छन् । काठमाडौँमा नै जन्मी हुर्किएका थुप्रै युवा युवती पनि नेपाली चलचित्र नेपाली र संगीत क्षेत्रमा लागेर सेलिब्रेटी बन्ने र नाम र दाम कमाउने सपनाका साथ हिड्ने मानिस हरुको कमि छैन यहाँ ती मध्ये कतिको सपना पुरा हुन्छ कति त्यतिकै पलाएन हुन्छन कति त फ्रस्टेसनमा पर्ने गर्छन । आफुलाइ काम गर्न इच्छा लागेको क्षेत्र र आफुले भबिस्य बनाउने बिषयको बारेमा पूर्ण जानकार भएर लागिन्छ त सफल हुन सकिन्छ । हाउबुझिको भरमा कुद्दा त पछि दुर्घटना पनि हुन सक्छ । यी सबै कुराहरुलाइ मध्ये नजर गर्दै र आफुमा भएको कला लाइ अझै निखारेर प्रवेश गरेका युवा हुन् अनुरुप पोख्रेल उनि बिगत तिन वर्ष देखि निरन्तर अभिनय,नृत्य,द्वन्द सिकी रहेका अनुरुपले १ बर्षमा ४ चलचित्रमा अभिनय पनि गरि सकेका छन् । Actor-anurup-Pokhrel
उनि अभिनित चलचित्र ‘फिंगरप्रिन्ट’ प्रदर्शनको लागि तयार भएको छ भने अर्को चलचित्र ‘रात परे पछी’ सम्पादनको क्रममा रहेको छ । अन्य दुइ चलचित्र पनि छायांकन सकेर प्राबिधिक कार्यमा रहेको पोख्रेलले जानकारी गराए । भोलिको स्टार बन्ने सोच राखेको बताउने अनुरुप ‘आफ्नो तर्फ बाट सक्दो मेहनत गर्दै जाने हो भबिस्यको कुरा कसले देखेको छ र’ उनि भन्छन लामो समय थियटरमा काम गरेको र विभिन्न फेशन शो हरुमा काम गरेको अनुभव संगालेका अनुरुप आफु लाइ सुहाउने जस्तो सुकै भूमिका निभाउन पनि तयार भएको बताउछन् ।
ANURUP-Pokhrelनेपालमा कलाकारितामा छिर्नको लागि कि आफ्नो मान्छे चाहिन्छ कि पैसा लगानी गरेर आउनु पर्छ त्यो दुवै कुरामा आफु सक्षम नभएकोले अलि बढी संघर्ष गर्नु परेको अनुरुपको बुझाई रहेको छ । काम मात्र गरेर हुन्न राम्रो काम गर्नु पर्छ जस्तो पनि स्क्रिप्टमा काम गर्नु हुन्न भन्ने सोचाइका साथ अघि बढी रहेका अनुरुप आफुले काममा कुनै पनि सम्झौता नगर्ने बताउछन्।Nepali-model-actor-anurup