वान वे को प्रेस शो सम्पन्न


(सेलिब्रेटि नेपाल) काठमाडौँ
आर सी पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘वान वे’ ले प्रेस सो सम्पन्न गरेको छ । राजधानीको सुन्धारा स्थित सि टि सि मलको सिने दी सेफ हलमा आज बुधबार प्रेस शो सम्म गरेको छ । सुरज सुब्बा नाल्बोले निर्देशन गरेको चलचित्रको कथा निर्देशक सुब्बाले लेखेका छन् भने पटकथा प्रदिप भट्टराईको रहेको छ ।
One-way-primier
सिद्धार्थ गुरुङ, माला सुब्बा, रबिन तामाङ, करिश्मा मानन्धर, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप लगायतका कलाकारले अभिनय रहेको चलचित्र फागुन १ मा प्रदर्शनमा आउने भएको छ । आज सम्पन्न प्रेस शोमा चलचित्रको प्रबिधि पक्षलाई सबैले तारिफ गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा पहिलो पटक तिन वटा क्यामेरा बाट खिचीएको चलचित्र भएका कारणले चलचित्रको प्रबिधि पक्ष राम्रो भएको सबैले बताएका छन् ।
Sidartha-rai-mala-limbu