प्रियंकाको मन धमिलो (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
अभिनेत्रीको रुपमा प्रख्यात रहेकी नायिका प्रियंका कार्कीले आफुले नै कोरियोग्राफी गरेको गीतमा मज्जाले आफ्नो कम्मर मर्कायकी छिन् । बेला बेला विभिन्न कुराले गर्दा चर्चामा आउने प्रियंका पछिल्लो समय चलचित्र ‘मिसन पैसा रिलोडेड’को रिमिक्स भर्सनको गीतमा मज्जाले आफ्नो कम्मर मर्कायर चर्चामा आएकी छिन् । फागुन १५ गते रिलिज हुन लागेको चलचित्रले रिमिक्स भर्सनको अर्को गीत रिलिज गरिएको छ ।
Mission-Paisa-2
स्वर्गिय पाण्डव सुनुवारले संगीत भरेको प्रस्तुत गीतलाई किरण तुलाधरले रिमिक्स गरेका हुन् । अभिनेत्री निशा अधिकारी, प्रियंका कार्की लगायत कलाकारहरु फिचरिङ्ग गरिएको चलचित्रलाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् भने सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।