चौथो फिल्मी खवर डिजीटल फिल्म अवार्ड आज हुँदै



सेलेब्रिटी नेपाल मंसीर २४-छायांछविको को प्रस्तुति रहेको फिल्मी खवर डिजीटल फिल्म अवार्डको चौथो संस्करण आज राजधानीको प्रज्ञा भवनमा हुदैछ । डिजिटल प्रबिधिमा रहेर निर्माण भएको चलचित्रहरु मात्र प्रतिस्पर्धामा सामेल हुन पाउने अवार्ड को यो चौथो संस्करण हो । यस पटकको अवार्डमा २६ चलचित्रहरुले सहभागीता जनाएका छन । मोहन निरौला, सन्तोष श्रेष्ठ, विजयरत्न तुलाधर, नवराज लम्साल र राजेश खनाल निर्णायक रहेको यस अवार्डमा ३१ विधा र जुरी अवार्ड,क्रिटिक्स अवार्ड र पब्लिक च्वाईस अवार्ड गरि ३४ बिधामा अवार्ड वितरण गरिनेछ ।यसपटकको अवार्ड कार्यक्रम अन्य बर्षको भन्दा बिशेष हुनेछ । किनकी ०६८ सालका ब्लकबस्टर चलचित्र लुट र चपली हाईटको साथमा सोही बर्षका अन्दाज, आई एम सरी, मिस यू, के यो माया हो, रावण, ब्रेकफेल, मेरो लभ स्टोरी जस्ता चर्चित चलचित्र प्रतिष्पर्धामा उत्रेका छन् । त्यसमा पनि उत्कृष्ट चलचित्रको नोमिनेशनमा अन्दाज, मसान, मेरो लभ स्टोरी, लुट र सायद छन् । आयोजकको तर्फवाट अध्यक्ष शान्तिप्रियले दिएको जानकारी अनुसार अवार्ड वितरणको साथमा नया तथा पुराना चलेका कलाकारहरुले नृत्य प्रस्तुत गर्ने छन ।