डान्स चितवन डान्समा अझै पनि टिम


(सेलिब्रेटि नेपाल) काठमाडौँ
फागुन १५ मा देशैभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अझै पनि’ प्रचार-प्रसारलाई मध्य नजर गर्दै सोमवार चितवनकै सबैभन्दा ठुलो रियालिटी शो ‘डान्स चितवन डान्स’मा आफ्नो सहभागिता जनायो । ‘डिसिडि’को ग्राण्ड फाईनल कार्यक्रममा चलचित्र निर्माता पुनम गौतम, नायक तथा निर्माता सुदर्शन थापा, नायिका पुजा शर्मा र गायक तथा संगीतकार हरि लम्सालले सहभागिता जनाएका थिए ।
aajhai pani
त्यस्तै, निर्माता पुनम गौतमले आफु पनि चितवनकी छोरी रहेको बताउँदै चितवनवासीलाई फागुन १५ मा ‘अझै पनि’ हेर्नको लागि आग्रह गरिन् भने नायक तथा निर्माता सुदर्शन थापाले चलचित्र सामाजिक कथामा बनेको बताए । उनले फरक पहिचान र उत्कृष्ट काम दिन सफल निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र रहेको बताउँदै हरेक नेपालीले एकपटक हेर्नैपर्ने चलचित्र रहेको समेत बताए ।
aajhai pani 3
स्व. निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र ‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, मिथिला शर्मा, रामशरण पाठक, पुष्प खड्का, बिशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । पुनम गौतम र सुदर्शन थापाले संयुक्त रुपमा बनाएको यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेण्टको ब्यानरमा बनेको हो ।
aajhai pani 1
गायक रामकृष्ण ढकाल, हाँस्यकलाकार जितु नेपाल, निर्माता गृहेन्द्र घिमिरे, गायक तथा संगीतकार टंक बुढाथोकी लगाएतका चलचित्र तथा संगीतकर्मीको उपस्थिती रहेको कार्यक्रममा चलचित्र ‘अझै पनि’बाट चितवन पुगेको टिमलाई मायाको चिनो प्रदान गरिएको थियो । ।
aajhai pani 2
सोसिजेनस मिडिया प्रालिले आयोजना गरेको ‘डिसिडि’को १४ बर्ष मुनिको शिर्षक एन्जिलिना बरालीले जितेकी छिन् भने १४ बर्ष माथीको शिर्षक अस्मिता सेन्चुरीले जितेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.