चलचित्र देव देवकीको छायांकन सुरु


(सेलिब्रेटि नेपाल) काठमाडौँ
मिडिया र्सच एण्ड मुभि मेकर प्रा ली को ब्यानरमा नयाँ चलचित्र निर्माण हुने भएको छ । कैलालीको लम्कीमा पत्रकार सम्मेलनको आयोजना गर्दे चलचित्र निमार्ण टिमले सो कुराको जानकारी दिएको हो । “देव देवकी” नाम राखिएको चलचित्रको सम्पूर्ण छायांकन सुदुरपश्चिममा गरिने भएको छ । आझै कैलालीको चिसापानीमा रहेको गंगामालाको मन्दिरमा शृभ मुर्हत गरि छायांकन सुरु गरिने चलचित्र निर्देशक माधवराज खरेलले जानकारी दिएका छन् ।
deb-debaki
माधव खरेलको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नब नायक श्रीदेब भट्टराई, नायिका श्रजु अधिकारी, सानिया खान र रबिन्द्र बमले नेपाली चलचित्र नगरीमा डेब्यु गर्दैछन् । चलचित्रलाई विुशद्ध प्रेम कथामा निर्माण गर्न लागिएको चलचित्रमा जनक अधिकारीको छायांकन, नरेश खरेलको श्रृङ्गार, रुपेश उप्रेतीको नृत्य, सन्तोष श्रेष्ठ, दुर्गा दाहाल र अनिल बिरहीको संगीत रहनेछ । ३५ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिने निर्देशक खरेलले जानकारी दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.