टेन्डर युनिट चित्लांगमा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नेपाली चलचित्रको ब्यापार सामान्य रहे पनि चलचित्र निर्माण गर्ने र चलचित्रमा काम गर्न चाहने नव निर्माता,निर्देशक तथा कलाकारहरुको संख्या बढी नै रहेको छ यसै क्रममा नव निर्माता तथा निर्देशकको चलचित्र ‘टेन्डर’ को छायांकन सुरु भएको छ । एक्सन फिल्मको ब्यानरमा मानध्वज थापा र विक्रम श्रेष्ठ निर्माता रहेको टेण्डरमा नव कलाकारहरु सुन्दर थामी, नमिता खड्का, सोनीका बास्तोला,सुशील पोखरेल, संजय श्रेष्ठ अमिक लामा आदिको अभिनय रहने छ । चलचित्रकोको निर्देशन युवराज खत्रीले गरेका छन् । चलचित्रमा द्धन्द्ध शंकर महर्जनको रहेको छ । एक्सन प्रधान रहेको चलचित्र ‘टेन्डर’हाल मकवानपुरको चित्लांगमा छायांकन भइरहेको छ ।
tender-film