(सेलिब्रेटि नेपाल) काठमाडौँ
चलचित्र ‘मोक्ष’निर्देशन गरेर चर्चा कमाउन सफल निर्देशक प्रविन श्रेष्ठले दोस्रो चलचित्रको निर्देशन गर्ने जिम्मेवारी पाएका छन् । उनले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘न्यु इयर’ रहेको छ । मोक्ष कि नायिका बेनिषा हमाल ले ‘न्यु इयर’ मा मुख्य भूमिका निभाउने भएकी छिन । चलचित्र मोक्ष प्रदर्शनका बेला बेनिषा हमालका लागि सिटि सेन्टर स्थित बिग सिनेमा बुक गरेर चर्चामा आएका गृहेन्द्र घिमिरेले चलचित्रमा लगानी गर्न लागेका हुन् ।चलचित्रमा बेनिशाको जोडीका रुपमा अनुप बिक्रम शाही देखिने भएका छन् ।
नयाँ बर्षमा आउने उल्लास र रमाईलोको बिषयमा बन्न लागेको चलचित्रको छायांकन नेपाली नयाँ बर्षबाट सुरु हुने बताईएको छ । चलचित्रको छायांकन अष्ट्रेलिया र नेपालमा हुनेछ । चलचित्रलाई ज्ञानेन्द्र शर्माले खिच्ने छन् । गृहेन्द्र घिमिरे लाइ निर्माणमा अष्ट्रेलिया बसोबास गर्ने दुई जना प्रताप खरेल र कर्ण राज वंशीले सघाउने छन् ।





