यादवले आफ्नो झोला देखाएर रोल्पाली लाइ रुवाए


(सेलिब्रेटि नेपाल) काठमाडौँ
सिनेमा हल विहिन पश्चिम नेपालको जिल्ला रोल्पालीले खूल्लामञ्चमा नै नेपाली चलचित्र झोला हेर्ने अवसर पाएका छन् । रोल्पामा जारी अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५ को दोश्रो दिनको सत्र सकिएसँगै खुल्लामञ्चमा नै चलचित्र झोला देखाईएको थियो । साँझ ढल्केसँगै प्रोजेक्टरमार्फत पर्दामा देखाईएको चलचित्र हेर्न ठुलो संख्यामा रोल्पालीहरु उपस्थित भएका थिए ।
jhola-in-rolpa
चलचित्र हेर्दा धेरै महिलाहरुको आँखा रसाएको पनि पाईएको थियो भने सय बर्ष पहिले आफुभन्दा अगाडी श्रीमानको निधन भए पश्चात जिउँदै चितामा जलेर सति जानुपर्ने महिलाको अवस्थाको यथार्थ कुरा बाहिर ल्याएकोमा चलचित्र लिएर रोल्पा पुगेका निर्देशक यादवकुमार भट्टराई र निर्माता राज तिमिल्सेनाको स्थानित दर्शकले खुलेर तारिफ गरेका थिए । दुई तीन सय बराबरको संख्यामा खुल्लामञ्चमा जम्मा भएका वालकदेखी बृद्ध उमेरसम्मका व्याक्तिहरुले रोल्पामा सिनेमा घर बनाउन पहल कदमी गरिदिन पनि झोला निर्देशक र निर्माता समक्ष आग्रह समेत गरे ।

नौ दिनसम्म चल्ने कार्यशालामा हरेक दिन साँझ स्थानिय दर्शक समक्ष नेपाली चलचित्र देखाउने तालिका आयोजकले राखेपनि शनिवार बेलुका भने कुनै चलचित्र देखाएनन् । गरिमा पन्त, देशभक्त खनाल, सुजल नेपाल, दिपक क्षेत्री, लक्ष्मी गिरी लिड अभिनयमा रहेको यो चलचित्रमा राज तिमल्सिना रामगोपाल थापा, मालती शाह, सुशिल शाहको लगानी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.