झुटो आश्वासनको शिकार बने निर्देशक प्रदीप


(सेलिब्रेटि नेपाल) काठमाडौँ
साहित्यकार वासुपासाद्वारा रचित ‘भैरवसिंह’ नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर-द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ लाई सेन्सर बोर्डले रोकेको छ । ऐतिहासिक पक्ष तथा राजपरिवार सम्बन्धिको विषयमा निर्माण गरिएकाले तत्कालै निर्णय गर्न गाह्रो भएको सेन्सर बोर्डका सदस्य तथा संचार मन्त्रालय अन्तर्गतको श्रव्यदृश्य तथा प्रशारण शाखाका उप–सचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिएका छन् भने ऐतिहासिक उपन्यासमा आधारित चलचित्रले आमदर्शकलाई मनोरञ्जन तथा सकारात्मक सन्देश दिने र सेन्सर नभएपछि २०१५ मा विदेशमा रहेका नेपाली माझ फिल्म देखाउने योजना समेत सफल नभएको निर्देशक प्रदीप खड्गीको गुनासो छ ।
kritipur_banner
सर्वमान्य सिद्धान्तलाई आधार बनाएर चलचित्र निर्माण गरेको दाबी गर्दै आएका निर्देशकले, सरुवा भइसकेका सेन्सर बोर्डका अध्यक्ष कविराज खनालले दुईचार दिन भित्र सेन्सरका सम्पूर्ण प्रक्रियाको निकास दिने आश्वासन दिएको तर दुई महिना बित्दा पनि सेन्सरबाट ननिस्किएको कुरा निर्देशकले खोले । हिसिला महर्जन, मणि लवट, सुरज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पंडित, सुशील राजोपाध्याय, विनोद श्रेष्ठ, उदय श्रेष्ठ लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको चलचित्रमा प्रदीप खड्गी र केके मानन्धरले संयुत्त रुपमा लगानी गरेका छन् । २ महिना अगाडी नै सेन्सर बोर्डका सदस्य तथा मन्त्रालयका प्रतिनिधि कविराज खनाल, कृष्णप्रसाद पोखरेल, कलाकार मेलिना मानन्धर, रुपा राणालगायतको सहभागितामा चलचित्र ‘किर्तिपुर’ लाई देखाइएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.