पुस २७ देखि मनले मनलाई छुन्छ



सेलेब्रिटी नेपाल मंसिर २३ -नायक विरेन श्रेष्ठले निर्माण गरेको चलचित्र ‘मनले मनलाई छुन्छ’ को सार्वजनिक प्रदर्शन आगामी पुस २७ गतेदेखि प्रारम्भ हुनेछ।यस अघि नायक बिरेनले मिस्टर मंगले निर्माण गरेका थिय। शिव रेग्मीद्वारा निर्देशित यो चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् भने पटकथा-संवाद मौनता र शिव रेग्मीले तयार पारेका हुन्। वसन्त सापकोटाद्वारा संगीतबद्ध यो चलचित्रमा विरेन श्रेष्ठ, गरिमा पन्त, सुमन सिंह, मिथिला शर्मा, केशव भट्टराई, सिर्जना बस्नेत, शंकर रेग्मी, सुरज प्रजापति आदि कलाकारले अभिनय गरेका छन्। बिरेन को चलचित्रले दर्शकको मन लाई कति छुने हो पुष २७ पछि नै थाहा हुनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.