नन्दिताको माया माथि ठुलो झेल (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
Logne--Mance
आउँदो शुक्रवार देखि प्रदर्शनमा आउने चलचित्र ‘लोग्ने मान्छे’ले आफ्नो अर्को गीत सार्बजानिक गरेको छ । “हे लोग्ने मान्छे..” बोलको सार्बजनिक गीतलाई पछिल्लो समयकी ब्यस्त गायीका अन्जु पन्तले आफ्नो स्वोर दिएकी छिन् । सिरियल निर्देशनमा अब्बल रहेका निर्देशक लय संग्रौलाले निर्देशन गरेको पहिलो चलचित्र लोग्ने मान्छेको उक्त गीतमा लोग्ने मान्छेको एक्स्ट्रा म्यारिटल अफएयरको स्टोरी देख्न पाइन्छ ।
पूर्ण रूपमा पारिवारिक प्रेमकथामा र पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गरिएको चलचित्रको यस गीतमा चेतन सापकोटाको संगीत तथा लय संग्रौलाकै शब्द रहेको छ । चलचित्रमा दीलिप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौला लगायतका कलाकारको अभिनय रहेको छ । कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्द्ध र वनिश शाहको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.