बुटवल बाट सुरु भो हिडन स्टोरी


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नेपाली चलचित्रको बजार विस्तार नभए पनि निर्माण भने बढेको बढ्यै छ नेपाली चलचित्रको निर्माण अब काठमाडौँमा मात्र सिमित छैन । बुटवलमा पनि धमाधम चलचित्रको सुटिंग हुन थालेको छ । दृष्टी इन्टरटेन्मेन्टको ब्यानरमा चलचित्र ‘द हिडन स्टोरी’ एक कार्यक्रमका बिच बुटवलको सिद्धबाबा मन्दिर बाट शुभ मुहुर्त गरीएको छ । ‘द हिडन स्टोरी’मा नबिन मरासिनी, राज अर्याल, सोनि थापा, युवराज पन्थ, कर्ण केसी, जमुना केसी, सुमी थापा, राजेश गैरे, अजय पौडेल, गोविन्द भण्डारी,आशिस थापा, कुलचन्द्रपुरी, शिव अर्याल, जीवन केसी लगाएतका कलाकारको मुख्य भूमिका रहने छ ।
The-hiden-story
चलचित्र लाइ प्रदिप कडेलले निर्देशन गर्ने भएका छन् । चलचित्र लाइ सुरज पाण्डेले लेखेका हुन् यूबराज पन्थ र कर्णकेसीको संयुक्त लगानीमा निर्माण हुने चलचित्र लाइ टँक केसी छायांकन गर्ने भएका छन् । चलचित्रको छायांकन लुम्बिनी,बुटवल,पाल्पा,अर्घाखाँची र चितवनमा हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.