चालिस हजारको भिडमा होस्टेल रिटर्न्स


(सेलिब्रेटि नेपाल) काठमाडौँ
बैशाख २५ गते रिलिज मिति तोकिएको चलचित्र ‘होस्टेल रिटर्न्स’ भृकुटीमण्डपमा ४० हजार सहभागिमाझ शनिबार चलचित्रको पब्लिसिटी गजबैले गरेको थियो । चालिस हजार मानिसले घेरिएको भिड बीच खुला हाजिरीजवाफ गरियो प्रश्नको उत्तर मिलाउनेले हात हातै पुरस्कार जिते अनि मख्ख पर्दै आफ्ना प्रिय हिरोहिरोइनसँग फोटो खिचाए, शुभकामना दिए अनि मख्ख परे । निर्माता सुनिल रावल, कलाकारहरु निर्मल शर्मा, सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, गोपाल ढकाल लगायत पब्लिसिटीको यस्तो शैलीमा उपस्थित रहे । hostel-returns-can
स्वस्तिमा खड्का, अभय बराल, नाजिर हुसेन, सुदाम सिके अभिनित सिनेमाले इन्जिनियरिङ अध्ययनरत युवकको कथा पेश गर्छ । लाइभ ट्रेलर मंचनपछि सिनेमाले कलेज र तन्नेरीपुस्ताबीच चलचित्रको प्रचारलाई अघि बढाएको छ ।