प्रविधि मेला क्यान इन्फोटेकमा होस्टेल रिटर्न्स


(सेलिब्रेटि नेपाल) काठमाडौँ
Hostel-Returns
चलचित्र प्रचार प्रशारमा अब्बल मानिएका निर्माता हुन् सुनिल रावल । चलचित्र प्रचारमा मात्र नभएर उनि आफ्नो चलचित्रलाई सफल कसरी पर्ने भन्ने कुरामा पनि अरु भन्दा अगाडि नै छन् । आफुले निर्माण गरेको चलचित्र ‘होस्टेल’ले राम्रो व्यापार मात्र नभएर दर्शकको मन जित्न पनि सफल भए पछि उनिमा यो कुराले झन् दरो जरा गाडेको पाइयको छ । त्यसैले होला पछिल्लो समय उनि आफ्नो आर्को चलचित्र ‘होस्टेल रिटर्न्स’को पब्लिसिटीमा लागि रहेका छन् । कहिले घरेलु सिनेमामा पहिलोपटक लाइभ ट्रेलर मंचन गरेर त कहिले क्याम्पसहरुमा गएर प्रचार गरेर उनले काइदा पाराले चलचित्रको पब्लिशिटी गरिरहेका छन् ।
Hostel-Returns1
तर पछिल्लो समय उनीले बिलकुलै नयाँ तरिकाले पब्लिशिटी थालेका छन् । बुधबारदेखि भृकुटीमण्डमा सुरु भएको प्रविधि मेला क्यान इन्फोटेकमा चलचित्रले क्वीकहिल एन्टिभाइरस नामक कम्पनीसँग सहकार्यमा चलचित्रले स्टलमार्फत प्रविधिप्रेमी दर्शकमाझ आफ्नो पब्लिसिटी गर्‍यो । ६ दिनसम्म चल्ने मेलामा निर्माता सुनिल रावल, कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, स्वस्तिमा खड्कालगायत सहभागि रहने छ । पहिलो दिन कलाकारहरुले प्रयोगकर्तालाई एन्टिभाइरस, राउटर, चार्जर लगायत उपकरण बेच्दै चलचित्रको प्रचार समेत गरे ।
बैशाख २५ गते रिलिज हुने चलचित्र दुर्गिश फिल्मसको तेस्रो प्रोजेक्ट हो । यसअघि ‘सायद’ र ‘होस्टेल’ निर्माण गरिसकेको ब्यानरले प्रायः किशोर र तन्नेरीको एजेन्डालाई उठान गर्छ । सुरज भुषाल निर्देशित ‘होस्टेल रिटर्न्स’मा नयाँ र परिचित अनुहारको संगम छ ।