फागु निर्माणमा ब्यस्त करिश्मा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
१२ बर्षपछि पुन चलचित्र निर्माणमा फर्किएकी करिश्माले गोपीकृष्ण मुभिजको सहकार्यमा नयाँ चलचित्र निर्माणको घोषणाको एक महिनामा नै चलचित्रको मुहूर्त गरेकी छिन् । फागु नाम राखिएको चलचित्रको लागि करिश्माको गड मदरको रुपमा रहेकी अञ्जली श्रेष्ठले क्ल्याप सट दिदै चलचित्रको मुहूर्त गरेकी हुन ।falgu..
बाबुसाहेब पछिको एक पुस्तासंग आफ्नो ग्याप भए पनि,त्यो पुस्ताको स्वाद देखि आफु टाढा नरहेको र त्यहिलाई ग्यापलाई फागुले मेट्नेमा ढुक्क रहेकी करिश्माले आफ्नो चलचित्र रोमान्टिक र सोसल ड्रामा जनरामा रहेको समेत बताइन्न । राजधानी र वीरगञ्जमा फाल्गुनको पहिलो साता देखि छायाँकन हुने भनिएको चलचित्रमा गौरी मल्ल, बसन्त भट्ट सहित करिश्मा पति एवं निर्माता विनोद मानन्धर सहित करिश्मा पनि विशेष भूमिकामा देखिने भएकी छिन् भने नेपाली चलचित्रमा महा नायक मानिने राजेश हमाल पनि एक प्रमुख कलाकारको रुपमा रहने भएका छन् ।
falgu

Copyright © 2012 - 2026 | All Right Reserved.