नारायण मैनालीको कारबाही मंसिर २८ गते बाट



सेलेब्रिटी नेपाल मंसिर २२ – किशोर राना ले निर्देशन र नारायण मैनालीले निर्माण गरेको चलचित्र कारबाही वर्तमान नेपाली समाजका विकृति र विसंगतिविरुद्ध चेतना फैलाउने सन्देश भएको दाबी गरिएको छ चलचित्र मंसिर ८ बाट रिलिज डेट सरेर २९मा पुगेको छ। पुरानै मितिमा रिलिज भएको भए दर्शकले चलचित्रको हैसियत हेरी आवश्यक कारबाही गरिसक्थे। थ्रिलर एक्सनप्रधान चलचित्र भनिएपनि प्रचारमा नायिका दीपा थापाको ‘जवानी’ प्रस्टै देखिने तस्विरको उपयोग गरिएको छ। उसो त ‘सबै कुरा देखाइदिन्छु, पैसा तिरेपछि’ भन्ने आइटम गीतबाट चर्चामा आएकी नायिका महिमा सिलवाल पनि केही न केही नदेखाउने त कुरै भएन। यी दुई नव नायिकाहरूको जवानीलाई प्रचार अस्त्र बनाइए पनि चलचित्रमा राजेश हमाल, राज लामा, राजेन्द्र श्रेष्ठ, लोकेन्द्र सापकोटा, सुनिल थापा लगायतले अभिनय गरेका छन्। चलचित्र उद्योगमा २०३८ बाट स्पटब्वायबाट प्रवेश गरेर ,लाइटमेन, ड्रेसमेन, साउण्डमेन क्यामरा म्यान हुदै निर्माता सम्म पुगेका मैनालीको यो दोस्रो चलचित्र हो । यस अगाडी उनले चम्पा चमेली नामक चलचित्र निर्माण गरेका थिए । आफुले निर्माण गरेको पछिल्लो चलचित्रमा लामो समय यस क्षेत्रमा बिताएको अनुभव र सिपलाई उतारेको बताउने उनि स्तरिय चलचित्र नवने कै कारण अहिले चलचित्र नचलेका उनको ठम्याई छ । अब उनको चलचित्र लाई दर्शक ले कति मन पराउने हुन् कारबाही हलमा पुगे पछि नै थाहा हुनेछ ।