सेलेब्रिटी नेपाल मंसिर २२ – तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सव बिहीबार समापन भएको छ ।छिमेकी मुलुक भारतको भोपालमा ३० वर्षअघि भएको औद्योगिक विस्फोटको कथा बोकेको नाटक ‘भोपाल’ को मञ्चनसँगै औपचारिक रुपमा समापन भयको हो । आरोहण गुरुकुलको आयोजना र मण्डला थिएटरको सह-आयोजना रहेको महोत्सवको समापन नाटक अमेरिकी रंगकर्मी जोअना सेरमानले निर्देशन गरेकी हुन् ।दुई साता लामो महोत्सवमा हरेक दिन दुई शो नयाँ नाटक देखाइएको थियो । अनामनगरस्थित मण्डला थिएटरमा नियमित मञ्चन गरेपछि समापनचाहिँ बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा गरिएको थियो । महोत्सव क्रममा भारत, बंलादेश, रुस, अमेरिका, नर्वे, फ्रान्स ,स्टुनिया लगायत विभिन्न मुलुकका १३ वटा नाटक मञ्चन गरिएको थियो । उद्घाटन नाटकको रूपमा आरोहण गुरुकुलको पुरानै नाटक ‘मायादेवीको सपना’ देखाउने भनिए तापनि प्राविधिक कारण बताउँदै त्यसको सट्टामा मण्डला थिएटरको नयाँ नाटक ‘सुनकेशरी’ देखाइएको थियो ।
सम्बधित पोस्टहरु
दीपिकाको आफ्नो सपना ‘मायाबी’
काठमाडौँ। अभिनेत्री दीपिका प्रसाँइले ‘मायाबी’ आफ्नो सपना भएको बताएकी छिन् । केही बर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको बताइन् । मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्–‘यो प्रोजेक्ट...
‘युनिभर्सल सुपरस्टार २०२५’ मा छानिए ४ विजेता
काठमाडौंँ । ‘मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले जितेकी छन् । राजधानीमा आयोजित ‘युनिभर्सल सुपर स्टार २०२५’मा उनले उक्त उपाधि हात पारेकी हुन् । सोही प्रतियोगीतामा ‘मिष्टर युनिभर्सल सुपरस्टार’को उपाधि कपिल सराफ र...
चाम्सको निर्देशनमा लभस्टोरी चलचित्र ‘सुम्निमा’ बन्ने
काठमाडौँ। चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’,’गोर्खा वारियर’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी...
कर्णालीका आम नागरिकको कथा ‘लाज शरणम्’
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ का कलाकार अर्जुन घिमिरे (पाँडे) ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन् । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ । ‘लाज शरणम्’ले...
‘ताण्डवम्’ को पहिलो गीत ‘हिमानी’ सार्वजनिक
काठमाडौँ। महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट रिलिज हुने सिनेमा ‘ताण्डवम्’ को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको सिनेमाको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार सिनेमाका मुख्य...
चलचित्र ‘रंगी’को शीर्ष गीतमा सलोन र मलिकाको प्रेम
काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश...