सत्यराजको संविधान रिलिज


(सेलिब्रेटि नेपाल) काठमाडौँ
संविधान निर्माण गर्ने कुरामा सबै राजनैतिक दलको मिलेमतो भैसकेको भने छैन । निर्धारण गरिएको दिनमा पनि संविधान तयार हुने छाटकाट देखिएको छैन । हाल देशमा रहेको विद्यमान समस्या भनेकै संविधान नबन्नु हो । संविधान नबन्नाले कसलाई कस्तो मार परिरहेको छ ? त्यो कुरा ६०१ सभासदले सायद बुझेको छैनन् । देशको प्रमुख शक्ति युवा झन् संविधान नबनेर देशलाई भन्दा आफ्नो करिअरलाई धेरै प्राथमिकता दिन थालेका छन् । आन्दोलन गर्ने अनसन वस्ने त सबै राजनैतिक दलको पक्षबाट आवाज उठाउने कार्यकर्ता होलान । तर संविधानको लागि दबाव दिने को त ? त्यसैले संविधानको महत्वलाई स्मरण गराउन कोरिबाटी डट कमले सर्ट फिल्म ‘संविधान…?’ लाई प्रदर्शन गरेको छ ।
Sambidhan-khoi
यस चलचित्रमा युवाहरु विचको फरक/फरक विचारधारालाई प्रस्तुत गरिएको छ । कोहि युवा आफ्नो देश बनाउँन चाहन्छन भने कोहि आफ्नो भविष्य निर्माण गर्न चाहन्छन । सायद गल्ति दुबै युवा पक्षको छैन होला । तर समयको महत्व सबैका लागि बराबर हो । त्यसैले संविधान निर्माण गर्ने दिनको सुनिस्चित गरि संविधान तयार गर्नु राजनैतिक दलको कर्तव्य हो । अनि त्यसमा दवाब दिनु हामी जनताको पनि दायित्व हो । त्यसैले पनि सौर्य बिक्रम थापाद्धारा निर्मित सर्ट फिल्म ‘संविधान…?’ ले केहि दबाव दिने प्रयास गरेको छ । माघ ७ गतेबाट युवटुबमा राखिएको छोटो चलचित्र ‘संविधान…?’ मा सत्यराज चौलागाईंको निर्देशन, राजकुमार खातीको लेखन, राम के.सी.को छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । सर्ट फिल्म ‘संविधान..?’मा राजिव खत्री, सन्तोष कुमार थापा, राजकुमार खाती, कैलाश लामा तथा मेघा के.सी.को मुख्य अभिनय रहेको छ ।