मायामा धोका खाए पछी नायक रेश मरहठ्ठा ड्रगिस्ट


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नायक रेश मरहठ्ठाले लागुपदार्थका लागि खर्चनुपर्ने पैसा नभएपछि आफ्नै प्रेमिका अरुणिमालाई बेचेका छन् । अरुणिमालाई गर्भवती बनाएका मरठ्ठाले लागुपदार्थ प्रयोग गर्न लिएको पैसा तिर्न नसकेपछि पैसाको सट्टा आफ्नै प्रेमिकालाई बेचेका हुन् । मरठ्ठाबाट धोका पाएपछि अरुनिमाले आत्महत्याको प्रयास गरेकी छिन् । झट्ट सुन्दा यो समाचारले तपाईहरुलाई त्रसित बनाउन सक्छ । यस्तै गरेका छन् कलाकार रेश मरहठ्ठाले । तर यो घटना बास्तविक भने होइन, गायिका दिपशिखा मिश्रको नयां गित तिम्रो मायाको म्युजिक भिडियोमा निर्देशक जीवन थापाले मरहठ्ठालाई ड्रगिष्टको भुमिकामा उतारेका हुन् ।
Resh-Marahaththa
रमेश परियारका शब्द तथा संगीतमा दिपशिखा मिश्रको स्वर रहेको गीति एल्बम ‘म्यूजिक इज लाइफ’ लाई ए.के. नन्दले निर्माण गरेका हुन् । अखिल बास्तोलाको छायांकन रहेको म्युजिक भिडियोमा रेश मरहठ्ठा, सञ्जय पाण्डे, निता पोखरेल र नवनायिका अरुणिमा खरेलले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.