अल्लारे जोवन भएकी कान्छीका पछि-पछि सागर (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
सानै देखीको अभिनयको रहरलाई मनमा पालेका सागर तामाङ अभिनयमा छलाङ् मार्ने सुरमा छन् । प्रवासमा रहेर पनि नेपाली कला क्षेत्रलाई अगाडी बढाईरहेका तामाङले अभिनय गरेको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ । अमेरिकाको टेक्सासमा रहेर चलचित्र सम्बन्धी अध्ययन गरिरहेका तामाङ्ले यसअघि ‘बुद्द वाज वर्न इन नेपाल’ सहितका केहि लघु चलचित्रमा समेत अभिनय गरिसकेका छन् । नेपाली चलचित्र तथा संगीत क्षेत्रमा आफुले टेवा पुर्‍याउनु नै आफ्नो उद्देश्य रहेको बताउँछन् सागर ।
kanchi
“कान्छीको…”बोलको गीतको भिडियोमा सागरलाई लक्ष्मी बस्नेतले साथ दिएकी छिन् । रमेश क्षेत्रीको स्वर तथा संगीत रहेको यस गीतलाई बिशाल गुरुङ् र क्षिरिङ् तामाङ्ले लेखेका हुन् भने भिडियोलाई निर्देशन तथा सम्पादन मुक्ती उप्रेतीले गरेका छन् ।