सञ्चारकर्मी कुमार आचार्यको दोस्रो कोसेली बर्दी,जेठ ८ मा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
सुरक्षित र भरपर्दो समाज निर्माणका लागि सुरक्षा निकाय निकै नै आवश्यक पर्दछ । त्यस्तो महत्वपुर्ण निकायको उपस्थिति नहुदा समाजमा के सम्म हुन सक्छ भन्ने हामी सबै अनुमान लगाउन सक्छौं । तर यस बिषयलाई अझ प्रस्ट पार्नको निमित्त एक चलचित्र नै निर्माण भएको छ । सुरक्षा निकायसंग नै सम्बन्धि भएकाले चलचित्रको नाम नै ‘बर्दी’ राखिएको छ । सञ्चारकर्मी बाट प्रख्यात भएर चलचित्र निर्माणमा हात लागेका कुमार आचार्यको दोस्रो कोसेलीको रुपमा रहेको चलचित्र आगामी जेठ ८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।
Bardi
कुशल थापा, रूपा खनाल, अनु शाह, वीरेन डिसी, आरपी भट्टराई, शिव खड्का, सरोज शाह, म्याण्डी बाबु, भानु प्रताप लगायतको अभिनय रहेको चलचित्रलाई विजयविक्रम बस्नेतले निर्देशन गरेका छन् । गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्य निर्माता रहेको चलचित्रमा कुमार महर्जनको द्वन्द्व; पुरुषोत्तम बस्नेत, दिपेशराज गौतम र अनिला खड्काको गीत, विकास चौधरीको संगीत, प्रदीप श्रेष्ठको कोरियोग्राफी तथा गणेशकुमार श्रेष्ठको छायांकन पाइन्छ ।