अत्यन्तै मौलिक परिवेश समेटिएको सुनपानी,माघ २३ मा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
‘नानी देखि लागेको बानि त्यति चाडो त कहाँ छुट्छ’ भन्ने उखान जस्तै यूगौ देखि चली आएको जातीय छुवाछुत र बर्गीय असमानताको विवाद आझै पनि कायम नै छ । जब सम्म यस्ता कुकाम पूर्ण रुपले बन्द हुँदैन तबसम्म कुनै पनि विकास निर्माणको काम सफल हुन सक्दैन । अछुतहरुलाई पनि सुनपानी चर्केर चोखो पर्ने कुरा पनि कता कता भेटिन्छ । यही बिषयलाई लिएर एउटा एकदमै बेग्लै र भिन्न चलचित्र निर्माण भएको छ ‘सुनपानी’ ।
Sunpani-Poster
माघ २३ बाट अल नेपाल रिलिज हुन लागेको चलचित्रमा नविन तिम्सिना, आशा भुसाल, सबिन बास्तोला, अग्रज के.सी., तारा के.सी, चेतकहादुर सिंह, स्वस्तिका लामिछाने, बुद्धिसागर खनाल, दिलिप तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । पोखरा,बुटवल,काठमाडौं लगायतका स्थानमा आफ्नो बिशेष प्रदर्शन गरिसकेको चलचित्र, गुञ्जन एण्ड कुसुम फिल्मस्को ब्यानरमा लायन चेतबहादुर सिंह(राजा)को निर्माण र सबिन बास्तोलाको निर्देशनमा तयार भएको हो । गणेशकुमार श्रेष्ठको छाँयाकन, बिमलराज क्षेत्रीको सँगीत, कमल खालिग र नीशा शाहको नृत्य निर्देशन रहेको चलचित्रलाई निर्देशक बास्तोलाले नै लेखेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.