(सेलिब्रेटि नेपाल) काठमाडौँ
चलचित्र ‘इच्छा’को नयाँ रिलिज मिति घोषणा गरिएको छ । चलचित्र अब फागुन ८ गते देशव्यापी रिलिज हुनेछ । संविधान जारी हुने मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरुले आह्वान गरेका बन्द-हडतालका कारण माघ २ गतेको रिलिज स्थगीत गरिएको थियो । इच्छा रिलिजको नयाँ मितिमा अन्य दुई चलचित्र पनि रिलिज हुँदैछन् । आर्यन सिग्देल अभिनित ‘आवेग’ र अर्को चलचित्र ‘माला’ पनि सोही मितिमा रिलिज हुनेछन् । इच्छा नायक सुवास थापा र आवेग नायक आर्यन सिग्देलको घम्साघम्सीले उक्त मितिलाई चर्चामा ल्याउने पक्का छ ।
फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको इच्छालाई यसअघि दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान- श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्र नै घिमिरेको पहिलो निर्देशन हो ।
चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।