थ्री लभर्स र लभ यु म्यान एक साथ रिलिज


 


सेलेब्रिटी नेपाल मंसिर २२- आज शुक्रबार दुई चलचित्र प्रदर्शनमा आएका छन् । ती हुन्- लभ यु म्यान र थ्री लभर्स । थ्री लभर्सलाइ सुरेस दर्पणले निर्देशन गरेका हुन् भने लब यु म्यान लाई डि बि फ्युयालले निर्देशन गरेका छन्।
‘लभ यु म्यान’ दुई पुरुस बिचको प्रेम कथामा निर्माण भएको चलचित्र हो । पटक – पटकको सेन्सर झमेला झैल्दै अन्तमा एडल्ट सर्टिफिकेट पायको चलचित्रलाई दिनेश राउत र युबराज खत्रीले निर्माण गरेका हुन्। उपत्यका एक दर्जनहलहरुबाट प्रर्दशनमा आएको चलचित्रमा दुई पुरुषबीचका थुप्रै बेडसिन र चुम्बन दृश्य पनि रहेका छन् । चलचित्रमा राज आर्यन, सुरेश चौधरी, प्रनिशा अधिकारीलगायत नयाँ कलाकारको मुख्य अभिनय छ । चलचित्रमा देव महर्जनको द्वन्द , नरेन्द्र राज बंसीको संगित रहेको छ भने छायांकन दिपक बानीयाले गरेका छन्।

थ्री लभर्स मा प्रियंका कार्की , निरज बराल , देबु श्रेष्ठ लगायतले मुख्य भुमिका निर्बाह गरेका छन् । पुरुषोत्तम प्रधानको छायांकन , बाबु बोगटी र राजन इशानको संगीत रहेको चलचित्रमा हिमाल के.सी द्वन्द रहेको छ भने शंकर विसी र पुनम राइले नृत्य निर्देशन गरेका छन् । मल्टिप्लेक्स हलहरु लगाएत देशभर एकै साथ रिलीज भएको चलचित्रलाई बेल्जियमको थ्री ब्रर्दस कम्पनीले निर्माण् गरेको हो । यसै चलचित्र बाट नव नायक देबु श्रेष्ठले चलचित्रमा डेब्यु गरेका छन्।प्रियंका कार्कीको पनि रिलिज पहिलो चलचित्र हो ।