प्रचारमा उत्रियो होस्टेल रिटन्स


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नेपाली चलचित्र उद्योगमा चलचित्र बनाउन भन्दा चलाउन धेरै गार्हो छ । चलाउनु मात्रै पनि भएन सफल पार्नु पर्छ र राम्रो चलचित्र बनाएर सहि तरिकाले प्रचार प्रसार गरेमा आफ्नो लगानी सुरक्षित हुन्छ भन्ने मान्यता राखेर चलचित्र बनाउन र सफल पार्न अब्बल मानिएका निर्माता तथा कलाकार सुनिल रावलको तेस्रो चलचित्र ‘होस्टल रिटन्स’ ले आफ्नो प्रचार प्रसार आरम्भ गरेको छ । बैशाख २५ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘होस्टेल रिटन्स’ ले आफ्नो कलेज क्याम्पनिंग थालनी गरेको हो राजधानीको प्रज्ञा प्रतिष्ठानको हलमा एक कलेजको कार्यक्रममा चलचित्र युनिटले आफ्नो चलचित्रको अडियो गीत तथा फर्स्ट लुक पोस्टर सार्बजनिक गरेको छ । Hostel-Returns-team सफल चलचित्र ‘होस्टेल’ को सिक्वेल चलचित्र ‘होस्टेल रिटन्स’ मा अधिकाम्स नव कलाकारहरुको बाहुल्यता रहेको छ सुरज भुषालले निर्देशन गरेको चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभास जोशी , रमेश श्रेष्ठको मुख्य भूमिका रहेको छ । Sunil-Rawl-hostel-returns आजको कार्यक्रममा चलचित्रका कलाकार हरुले लाइभ प्रस्तुति दिंदै उपस्थित बिद्यार्थी हरु लाइ मनोरंजन दिलाएका थिय । चलचित्रको सम्बाद लाइ बिद्यार्थी हरुले रुचाए । चलचित्र राम्रो बनेको छ र नयाँ कलाकार भए पनि सबैले राम्रो काम गरेकोले चलचित्र सफल हुनेमा चलचित्र युनिट ढुक्क देखिएको छ । दुर्गिस फिल्म्सको ब्यानरमा निर्मित यो तेस्रो चलचित्र हो । यस अघिको चलचित्र ‘सायद’ र ‘होस्टेल’ लाइ दर्शकले रुचाएका थिए र चलचित्र सफल भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.