के गर्दा मिल्छ मिठो पिरती सार्बजनिक (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
स्व. निर्देशक आलोक नेम्वाङ्ले निर्देशन गरेका अन्तिम चलचित्रले प्रख्यात भएको चलचित्र ‘अझै पनि’ले आफ्नो चौँथो गीत रिलिज गरिएको छ । फागुन १५ मा रिलिजको तयारीमा रहेको चलचित्रमा पाँच गीत मध्ये ‘के गर्दा मिल्छ मिठो पिरती..’ बोलको चौँथो गीत हो ।
Aajhai-pani
स्व. निर्देशक आलोकको सम्झना ताजा पार्ने गीतमा डा.कृष्णहरी बरालका शब्द तथा महेश खड्काको संगीत रहेको छ । गीतमा दिपक लिम्बु र शाहिमा श्रेष्ठले स्वर दिएका छन् । सामाजिक प्रेम कहानीमा आधारित यो चलचित्र, सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । चलचित्रले नेपाली समाजका केहि भोगिएका तर नदेखिएका घटनालाई पर्दामा प्रस्तुत गर्ने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.