बडीगार्ड को सिक्वेलमा पुनः सलमान खान


(सेलिब्रेटि नेपाल) मुम्बई
salman-khan
सन् २०११ मा रिलिज भएको चलचित्र ‘बडीगार्ड’ले बक्स अफिसमा केही रेकर्ड ब्रेक गरेको थियो । त्यहि रेकर्डलाई मध्य नजर गर्दै अतुल अग्नीहोत्रीले आफ्नो लगानीमा ‘बडीगार्ड’ को सिक्वेल निर्माण गर्ने भएका छन् । उक्त चलचित्रको बिषय बस्तुको छनौट भैसकेको र चलचित्रमा सलमाननै पक्का भैसकेका छन् । सलमानलाई चलचित्रमा करिना कपुरले साथ दिने भएकी छिन् भने कटि्रना कैफलाई विषेश नृत्य गराउने योजना निर्माण पक्षको रहेको छ । सलमान र करिना अहिले कबिर खानको चलचित्र ‘बजरंगी भाइजान’ को सुटिङमा ब्यस्त छन् ।