माघे संक्रान्ति खाने दाउमा बर्षको सबै भन्दा ठुलो भिडन्त


(सेलिब्रेटी नेपाल) काठमाडौँ
यो सुक्रबार माघे संक्रान्ति खाने दाउमा तिन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । ‘अलबिदा’, ‘आभास’ र ‘तथास्तु’ एक–आपसमा भिड्दै छन् । एक–आपसमा भालेजुधाइमा उत्रिएका तीनवटै नेपाली चलचित्रको बजेट औसतमा ५० लाखभन्दा बढी नै छ । यस हिसाबले यो साता डेढ करोडका नेपाली चलचित्र प्रदर्शन हुँदै छन् । डेढ करोड लगानीको फिल्मले सावाँ मात्र उठाउन पनि झन्डै पाँच करोडको व्यापार गर्नैपर्छ । माघे संक्रान्ति खाने दाउमा कुन चलचित्र अघि हुने अब केहि दिनमा थाहा हुनेछ ।
Aavash-poster
‘मेरो चलचित्र तगडा छ,मेरो चलचित्र दमदार छ’ तीनवटै चलचित्रका निर्माता र निर्देशकको एउटै दाबी छ’। तथास्तु राजधानीका दर्जन र मोफसलका ४५ गरी झन्डै पाँच दर्जन हलमा एकसाथ प्रदर्शन हुने निर्देशक सबिर बताउछन् । त्यसैगरी, आभासका निर्माता तथा वितरक गोविन्द शाही आफ्नो चलचित्र राजधानीका मल्टिप्लेक्ससहित मोफसलका गरी ६५ भन्दा बढी हलमा एकसाथ प्रदर्शन हुने बताउँछन् । अनि अलबिदाका निर्देशक लक्ष्मणले पनि आफ्नो चलचित्र देशका करिब पाँच दर्जन हलमा प्रदर्शन हुने पक्का भएको बताएका छन् ।
Alvida-Banner
२५ गते रिलिज हुने यी तीन चलचित्रले २७ गते परेको पृथ्वीजयन्ती (एकता दिवस) र माघेसंक्रान्तिको बोनस बिदाको ठूलो आश गरेका छन् । सातामा दुइटा बोनस बिदा परेकाले नै तीन चलचित्र भिड्न लागेका हुन् । आभासमा युवा पुस्ताका कलाकर्मीको बाहुल्य छ । एडिटरका रूपमा कहलिएका सुरेन्द्र पौडेलको डेब्यु निर्देशनमा बनेको चलचित्रमा संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, सुनील रावल र निशा अधिकारी प्रमुख भूमिकामा छन् ।

लक्ष्मण रिजाल निर्देशक रहेको चलचित्रमा, नायक आर्यन सिग्देललाई भिन्न र मुख्य रुपमा हेर्न पाइने छ । आर्यन बाहेक हसनराजा खान,अनिता आचार्यको मुख्य भूमिका रहेको चलचित्रमा केशव घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । एचआरके फिल्मस्को ब्यानरमा हसनराजा खानको निर्माण रहेको चलचित्र अलविदाको गीत संगीतले नेपाली संगीत बजारमा राम्रै स्थान पाई रहेको छ । तारा प्रकाश लिम्बुको संगीत रहेको चलचित्र लाइ रामेस्वर कार्कीले खिचेका हुन् ।

नारी प्रधान सविरको ‘तथास्तु’ मा रेखा थापा, किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशी मुख्य भूमिकामा देखिएका छन् । जगदिश्वर थापाको लेखन रहेको ‘तथास्तु’ मा बाबु श्रेष्ठको छायांकन तथा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ।