बाढीपीडितको सहयोगमा जुटिन् ‘अक्षरा’ अभिनेत्री न्यान्सी खड्का


काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का,यतिबेला बाढी पिडितको मनमा मलम लगाउन नुवाकोट पुगेकी छन्। गत बुधबार आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित बनेका परिवारलाई राहत लिएर नुवाकोटका विभिन्न क्षेत्र पुगेकी हुन्। बाढी पिडितबाट प्रभावित भएका परिवारहरुसँग भेटेर केहि राहत समेत वितरण गरेकी छन्।

न्यान्सीले यसबारेमा भनिन,‘बाढी–पहिरोबाट प्रभावित परिवारहरूसम्म प्रत्यक्ष पुगेर उहाँहरूको अवस्था बुझ्ने र सकेको सहयोग गर्ने उद्देश्यले म नुवाकोटको विभिन्न प्रभावित क्षेत्रहरूमा पुगेँ।’ उनका अनुसार पिपलटारस्थित आयुर्वेदिक अस्पताल पुगेर त्यहाँ उपचाररत बाढी–पहिरोबाट प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूसँग भेटघाट गरेकी छन्। साथै त्यहाँ वडा अध्यक्षज्यूसँग पनि भेटेर प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे जानकारी लिइन्।

उनले थपिन्,‘यात्राका क्रममा आवश्यकतामा रहेका सुरक्षाकर्मी तथा सम्बन्धित अधिकारीहरूलाई मास्क र ग्लोभ्स पनि उपलब्ध गराएँ। त्यसपछि विभिन्न बाढी प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गर्दै युनाइडेट स्कुल,बटर धोबिघाट लगायत लगायतका स्थानमा पुगेर स्थानीयहरूको अवस्था बुझ्ने प्रयास गरेँ।’ उनीले यो अभियानमा लाइन्स क्लवका सदस्यहरूले पनि मसँग हातेमालो गर्दै सहयोग गरेको बताईन्। यो सामूहिक प्रयासले यो सहयोगलाई अझ प्रभावकारी बनाउन मद्दत गरेको न्यान्सीको भनाइ छ।

उनी अभिनित फिल्म ‘अक्षरा’को प्रमोसन स्थगित गरेर उनी बाढी पिडितको मनमा मलम लगाउन नुवाकोटका विभिन्न स्थानमा पुगेर परामर्स गर्नु चानचुने कुरा होइन। अर्को शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’मा उनको मुख्य भुमिका रहेको छ। पुर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी न्यान्सी खड्काको यो दोस्रो फिल्म हो। विनयराज पौडेल निर्देशित यस फिल्ममा न्यान्सीका अवला सुशील सिटौला,सुशील पोखरेल,उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारी लगायत कलाकारहरूको अभिनय छ। दिपेन बस्न्यातको छायांकन रहेको यस फिल्ममा गौतम खड्काले सम्पादन गरेका हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता सोनी थापा हुन् । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.