मुनालको इच्छामा दयाहाङ् बने होटल साहुजी


(सेलिब्रेटि नेपाल) काठमाडौँ
माघ दुई गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इच्छा’ का मुख्य कलाकार दयाहाङ् राई होटल साहुजी बनेका छन् ।उनि चलचित्र ‘इच्छा’मा होटल साहुजीको भूमिकामा देखिन लागेका हुन् । मुनाल घिमिरेको चलचित्रमा पहिलो पटक काम गरेका दयाहाङ् सुवास थापा संग पनि पहिलो पटक चलचित्रमा संगै काम गरेका छन् ।
Dayahang-rai
दयाहाङ्भन्छन ‘सुवाससँग काम गर्दा रमाईलो भयो इच्छामा काम गर्दा एक शसक्त टीम बन्छ भनेर काम गरेको हो । चलचित्रमा कुनै एकदमै अप्ठेरो र नयाँ भन्दा पनि सँधै देखिने पात्रको रुपमै छु । मलाई पनि मेरा साथीले आफ्नो इच्छा पुरा गर्न सहयोग मागिरहेका हुन्छन् मैले पनि साथीहरुसँग त्यस्तै अपेक्षा गरेको हुन्छु । चलचित्र भित्र माया प्रेम पनि छ ।’ चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.