प्रियंका कार्की पुनः कोरियोग्राफर


(सेलिब्रेटि नेपाल) काठमाडौँ
अभिनेत्रीको रुपमा प्रख्यात रहेकी नायिका प्रियंका कार्कीले पुनः एक पटक आफ्नो बेग्लै रुप हामी माझ ल्याएकी छिन् । बेला बेला विभिन्न कुराले गर्दा चर्चामा आउने प्रियंका पछिल्लो समय चलचित्र ‘मिसन पैसा रिलोडेड’को रिमिक्स भर्सनको गीत कोरियोग्राफ गरेर चर्चामा आएकी छिन् । फागुन १५ गते रिलिज हुन लागेको चलचित्रले रिमिक्स भर्सनको गीत रिलिज गरिएको छ ।
mission-paisa-2
स्वर्गिय पाण्डव सुनुवारले संगीत भरेको प्रस्तुत गीतलाई किरण तुलाधरले रिमिक्स गरेका हुन् । अभिनेत्री निशा अधिकारी, हर्षिका श्रेष्ठ र अभिनेता आमिर गौतमलाई फिचरिङ्ग गरिएको चलचित्रलाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् भने सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।