डिजाइनर इशाको मृत्यु


(सेलिब्रेटि नेपाल) मुम्बई
ड्रग्सले दिनहु जसो मानिसको ज्यान लिएको खबर हामीले सुन्दै आएका छौं । झन् बोलिउड र हलिउड तिर त यो सामान्य नै भैसकेको छ । आझ ग्याम्बरको दुनियामा त ड्रग्सको प्रयोग गर्ने मानिस कमै मात्र भेटिएला । पछिल्लो समय त्यस्तै एक बलिउडको हस्तीको ड्रग्सले गर्दा निधन भएको छ । मुम्बईकी निकै चर्चित डिजाइनर इशा मन्त्रीको गोवामा आयोजित एक इभेन्टका दौरान मृत्यु भएको छ । इशाले २०१४ मा प्रदर्शनमा आएको बलिउड चलचित्र ‘मेरीकोम’ मा काम गरेकी थिन् ।
meri-kom
आफ्नो बहिनी र साथिहरु संग मंगलबारको इभेन्टको अन्तिमतिर एक्कासि रिंगटा लागेर डिजाइनर इशा ढलेपछि अस्पताल पुर्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । मुम्बईस्थित नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट फेसन डिजाइनिङको कोर्स गरेकी इशाको ड्रग्सको ओवर डोजको कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ ।