दिलिपले रोजे नन्दितालाई (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
टेलिचलचित्र निर्देशकको रुपमा प्रख्यात निर्देशक लय संग्रौलाले निर्देशन गरेको चलचित्र ‘लोग्ने मान्छे’ को प्रोमो सार्बजनिक भएको छ । सानो पर्दाको निर्देशनमा चर्चित मानिएका लयले पहिलो पटक ठुलो पर्दामा निर्देशन गरेका हुन् । पूर्ण रूपमा पारिवारिक प्रेमकथामा र पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गर्न रुचाउने लयले आफ्नो पहिलो चलचित्रमा पनि यिनै कथा बस्तुलाई प्राथमिक्ता दिएका छन् ।
Logne-manchhe
श्रीमान श्रीमतीबिचको प्रेम र द्धन्दलाई प्रस्तुत गरिएको यो चलचित्रमा दिलिप रायमाझी र नन्दिता केसी मुख्य भूमिकामा छन् ।आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्द्ध र वनिश शाहको सम्पादन पाइन्छ । काठमाण्डौमा गोपाल कायस्थ र राजधानी बाहिर एफडी कम्पनीले वितरण गर्ने भनिएको चलचित्रलाई प्रदीप मित्तलले निर्माण गरेका हुन् ।