मुस्लिम युवकको भूमिकामा आर्यन कत्तिको न्याय (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
अहिलेका ब्यस्त तथा बिकाउ नायक आर्यन सिग्देल हिन्दु धर्म मान्छन । कलाकार भए पछी विभिन्न क्यारेक्टर निभाउनु पर्ने हुन्छ यसै क्रममा उनि मुसलमान धर्म मान्ने युवकको भूमिका निभाएका छन् पौष २५ गतेलाई आफ्नो रिलिज मिति तय गरेको चलचित्र ‘अलविदा’ मा नायक आर्यन सिग्देल र नायिका अनिता आचार्यलाई मुस्लिम धर्ममा विश्वास गर्ने युवा युवतीको भूमिकामा देखाईएको छ । निर्माता तथा अर्का नायक हसनका अनुसार आफु मुस्लिम भए पनि आफु भन्दा अझ आर्यन लाइ यो मुस्लिम रोलमा सुहायको छ । उनि भन्छन् ‘यो रोलमा आर्यन लाइ एकदम सुहाएको छ’ । अब हेरौ दर्शकलाई कति मन पर्नेछ आर्यनको यो रुप ? Aryan-sigdel-alvida यस चलचित्रमा आर्यन र अनिताले मुस्लिम धर्म मान्छन् भने वास्तविक जीवनमा मुस्लिम धर्म मान्ने हसन खान हिन्दु धर्म मान्छन । लक्ष्मण रिजाल निर्देशक रहेको चलचित्रमा, नायक आर्यन सिग्देललाई भिन्न र मुख्य रुपमा हेर्न पाइने छ । आर्यन बाहेक हसनराजा खान,अनिता आचार्यको मुख्य भूमिका रहेको चलचित्रमा केशव घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । एचआरके फिल्मस्को ब्यानरमा हसनराजा खानको निर्माण रहेको चलचित्र अलविदाको गीत संगीतले नेपाली संगीत बजारमा राम्रै स्थान पाई रहेको छ । तारा प्रकाश लिम्बुको संगीत रहेको चलचित्र लाइ रामेस्वर कार्कीले खिचेका हुन् ।
चलचित्रका कलाकार,निर्माता तथा निर्देशकको भनाइ भिडियोमा हेर्न सक्नु हुनेछ

Copyright © 2012 - 2026 | All Right Reserved.