शुभमुहर्तसँगै चलचित्र आई–क्विट फ्लोरमा


(सेलिब्रेटी नेपाल) बुटवल
चलचित्र ‘आई क्विट’ को मगंलवार बुटवलको सिद्धवावा मन्दिरमा शुभमुहर्त गरिएको छ । चलचित्र पत्रकार सघं रुपन्देहीले एक औपचारीक कार्यक्रमको आयोजना गरि शुभ मुहर्त गरिएको हो । देवेन्द्र दर्नाल र नेत्रदेवि पाण्डेको लगानीमा निर्माण हुन लागेको चलचित्रको बुटवल र आसपासका रमणिय स्थानमा छायाँकन गर्ने जनाईएको छ ।I-quiet
युनिक मुभिजको व्यानरमा निर्माण हुने यस चलचित्र शुरेस न्यौपानेको लेखन तथा निर्देशनमा वन्ने भएको छ भने चलचित्रलाई टकं केसीले खिच्नेछन् । चलचित्रका निर्देशक न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशीष्ट अतिथी नेपाल चलचित्र पत्रकार सघं रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ, सघंका सल्लाहकार टोपराज शर्मा, राष्ट्रिय कलाकर्मी सघंका उपाध्यक्ष वावुराम घिमीरे, युनिक मुभीजका प्रमुख विजय पोखरेल लगायतले वोल्दै चलचित्रको कथावस्तुमा केन्द्रित गरि दर्शकको मन छुने खालको वनाउन युनिटलाई आग्रह गरेका थिए । उनिहरुले धेरैजसो चलचित्र वनाउने तर पछि विभीन्न कारणले नचलाउने गरिएका स्मरण गर्दै दर्शकको भावना अनुसार चलचित्र निर्माण गरे व्यवसायीक रुपमा समेत सफल वन्ने वताए । कार्यक्रमको सचांलन चलचित्र पत्रकार सघं रुपन्देहीका सहसचिव रामजी ज्ञवालीले गरेका थिए ।

मुहर्तसँगै चलचित्र फ्लोरमा गएको छ । १५ दिनभित्र छायाँकन सकाउने र छिट्टै देशव्यापी रिलीज गर्ने चलचित्रका निर्देशक सुरेस न्यौपानेले वताए । मोटरसाईकल, मनी र मोवाईलले युवाहरुमा पारेको प्रभावका विषयमा चलचित्र वन्न लागेको हो । झण्डै १० लाख लगानीमा निर्माण हुने चलचित्रको मुख्य भुमीकामा अस्मिता थापा, करणराज खरेल, स्याण्डि खराल, अकिंत भुसाल, आशिस ढकाल, अमर केसी, विशाल श्रेष्ठ लगायतको अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.