‘लज्जावती’ साउन २९ गतेदेखि प्रदर्शनमा आउने


काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘लज्जावती’ को इन्डक्ल्यापसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। धर्मस्थलीस्थित एक घरमा छायांकन गरिएको यो सिनेमाले ४५ दिनमा सम्पूर्ण सुटिङ सम्पन्न गरेको निर्माण टिमले जनाएको छ।

सम्पूर्ण छायांकन सकिएसँगै सिनेमा आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। हालसम्म उक्त मितिमा कुनै नेपाली सिनेमाले औपचारिक रूपमा प्रदर्शन मिति घोषणा नगरेकाले ‘लज्जावती’ ले सोलो रिलिजको अवसर पाउने अपेक्षा निर्माण पक्षको छ।

आहा फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा सौरभ वली प्रस्तुतकर्ता रहेका छन् भने कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता हुन्। दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेको सिनेमाको छायांकन दिव्यराज सुवेदीले गरेका छन्।

सिनेमामा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, रामहरि खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेल लगायत कलाकारहरूको अभिनय रहेको छ।

तारा थापा ‘किम्भे’ को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमालाई देशव्यापी रूपमा कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.