६६ दिनमा ‘पाँच पाण्डव’ को छायांकन सकियो


काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो । सिनेमाको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो ।

“चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ,” निर्देशक वसन्त निरौलाले भने, “यो चलचित्रको छायांकनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ, जुन सिनेमामा पनि देखिनेछ ।”

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरेका छन् । चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् ।

चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन् । यस्तै सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायतको पनि अभिनय रहेको छ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्माणमा काली रानी श्रेष्ठ छिन् । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.